Front_Banner
OFMIS के हो ?

"प्रांगारिक तथा जीवाणु मल अनलाईन व्यवस्थापन सफ्टवेयर प्रणाली" प्रांगारिक तथा जीवाणु मलको सूचीकरण तथा पैठारीमा व्यवस्थापनको काम गर्ने गरि कृषि विभागद्वारा निर्मित प्रणाली हो |

यो प्रणाली मार्फत मल सूचीकरण तथा पैठारीको लागि निवेदन पेश गरि आवश्यक अनुमति पत्र प्राप्त गर्न सकिने छ |

स्थानीय तहमा गोठे तथा प्रांगारिक मल सूचीकरणको लागि

स्थानीय तहमा गोठे तथा प्रांगारिक मल सूचीकरणको लागि निम्न लिखित कागजात सहित विवरण पेश गर्न सकिन्छ |

१. निवेदकको विवरण
२. सूचीकरण गर्न चाहेको मलको विवरण
३. नागरिकता तथा राष्ट्रिय परिचयपत्र
४. बार्षिक उत्पादनको विवरण
५. मलको प्रयोगशाला परिक्षणको नतिजा
६. संस्था दर्ता तथा नविकरण प्रमाणपत्र (संस्था भए)

प्रदेश मन्त्रालय अन्तर्गत प्रांगारिक तथा जीवाणु मल सूचीकरणको लागि

प्रदेश मन्त्रालय अन्तर्गत प्रांगारिक तथा जीवाणु मल सूचीकरणको लागि निम्न लिखित कागजात सहित विवरण पेश गर्न सकिन्छ |

१. निवेदकको विवरण
२. उत्पादन / पैठारी मलको विवरण
३. नागरिकता तथा राष्ट्रिय परिचयपत्र
४. बार्षिक उत्पादन खुल्ने व्यावसायिक योजना
५. मलको प्रयोगशाला परिक्षणको नतिजा
६. पैठारी गरिएको प्रांगारिक मल तथा जीवाणु मल सूचीकरण गराउन निवेदन दिएको भएमा त्यस्त्तो मलको बाली परिक्षणको नतिजा
७. कम्पनी / फर्म / संस्था दर्ता तथा नविकरण प्रमाणपत्र
८. ब्राण्ड वा ट्रेड मार्क दर्ता तथा नविकरण प्रमाणपत्र
९. तिन महिना भित्रको प्रयोगशालाको विश्लेषण प्रतिवेदन
१०. प्यान नम्बरको प्रमाणपत्र
११. करचुक्ताको प्रमाणपत्र
१२. अन्य आवश्यक कागजातहरु (संस्था भए)

कृषि विभाग अन्तर्गत प्रांगारिक तथा जीवाणु मल पैठारी गर्ने अनुमतिका लागि

कृषि विभाग अन्तर्गत प्रांगारिक तथा जीवाणु मल पैठारी गर्न अनुमतिका निम्न लिखित कागजात सहित विवरण पेश गर्न सकिन्छ |

१. पैठारी गर्न चाहेको मलको विवरण
२. नागरिकता तथा राष्ट्रिय परिचयपत्र
३. पैठारी परिमाण खुल्ने व्यावसायिक योजना
४. कम्पनी / फर्म / संस्था दर्ता तथा नविकरण प्रमाणपत्र
५. ब्राण्ड वा ट्रेड मार्क दर्ता तथा नविकरण प्रमाणपत्र
६. पछिलो तिन महिना भित्रको प्रयोगशालाको विश्लेषण प्रतिवेदन
७. प्यान नम्बरको प्रमाणपत्र
८. करचुक्ताको प्रमाणपत्र
९. एक्जिम कोड प्रमाणपत्र
१०. रेडियोधर्मी पदार्थ मुक्त भएको प्रमाणपत्र
११. अन्य आवश्यक कागजातहरु (संस्था भए)