जीवाणु मलको मापदण्ड तथा गुणस्तर
|
मापदण्ड
|
न्युनतम आवश्यकता
|
|
१. माध्यम (Carrier media)
|
चिस्यान युक्त धुलो अथवा दानादार अथवा झोल रुपको माध्यममा तयार पारिएको
|
|
२. जीवाणुको संख्या (Viable cell count)
|
जीवित तर सुषुप्त अवस्थाको जीवाणुको संख्या न्युनतम
- धुलो अथवा दानादार रुपको मलमा १* १०^७ प्रति ग्राम
- झोल रुपको मलमा १*१०^८ प्रति १०० मि. लि.
- माइकोराइजा (Mycorrhiza) मलको हकमा १०० प्रोपाग्युल्स (Propagules) प्रति ग्राम अथवा प्रोपाग्युल्स (Propagules) प्रति मि. लि.
|
|
३. अन्य जीवाणु (Contamination level)
|
१*१०^४ को तहमा पातल्याउँदा मलमा हुनुपर्ने जीवाणु बाहेकका अन्य जीवाणुको उपस्थिति नदेखिने।
|
|
४. पि. एच. (pH)
|
६.० - ८.०
|
|
५. चिस्यान (Moisture), ड्राई वेट बेसिस (Dry weight basis)
|
सुख्खा तौल आधारमा अधिकतम चिस्यान
- धुलो अथवा पाउडर रुपको मलमा ४० %
- दानादार रुपको मलमा ३० %
|
|
६. कणहरुको आकार (Particle size)
|
धुलो अथवा पाउडर रुपको मल ०.१५ – ०.२१ मिलिमिटर मेस आकारको चाल्नीबाट पूर्ण रुपमा छिर्न सक्नु पर्दछ।
|
|
७. प्रभावकारिता (Efficiency character)
|
- राइजोबियम (Rhizobium) जीवाणु मलको प्रयोगले सिफारिस गरिएको बालीको जरामा प्रभावकारी गिर्खा (Effective nodule) बनाउन सक्नु पर्दछ।
- एजोटोब्याक्टर (Azotobacter) तथा एजोस्पिरिलिएम (Azospirillum) मलको जीवाणुले १ ग्राम सुक्रोज उपभोग गरी कम्तीमा १० मिलि ग्राम नाईट्रोजन स्थिरिकृत गर्न सक्नु पर्दछ।
- फोस्फेट सोलुब्लाइजिन्ङ्ग ब्याक्टेरिया (Phosphate Solubilizing Bacteria) मलको जीवाणुको प्रयोगले कम्तीमा ३० प्रतिशत अघुलनशील अवस्थाको फस्फोरसलाई घुलनशील अवस्थामा बदल्न सक्नु पर्दछ।यसलाई ३ मिमि मोटाईको माध्यममा ५ मिमि दुरीसम्म असर गर्ने आधारमा मापन गर्न सकिन्छ।
- माइकोराइजा (Mycorrhiza) मलको जीवाणुको प्रत्येक ईनोकुलमले परीक्षण गरिएको बिरुवाको जरामा ८० ईन्फेक्सन बिन्दुमा प्रभाव गर्न सक्नु पर्दछ।
|
|
८. लेबल (Label)
|
लेबल स्पष्ट देखिने र निम्न अनुसारको सूचना सहितको हुनु पर्दछ।
- उत्पादनको नाम तथा ब्राण्ड
- उत्पादकको नाम, ठेगाना र सम्पर्क नम्बर
- तौल तथा जीवाणुको संख्या
- लट अथवा ब्याच नम्बर
- उत्पादन तथा खपत गरि सक्नु पर्ने मिति
- प्रयोग गर्ने तरिका
- भण्डारण र ढुवानीका समयमा अपनाउनु पर्ने सावधानी
|
|
९. प्याकेजिङ्ग (Packaging)
|
अपारदर्शी सामाग्रीबाट हावा नछिर्ने गरी प्याकेजिङ्ग गरिएको हुनु पर्दछ।
|
Copyright © 2025. All rights reserved.